सहयोगी सरिताः पोखरा बहुमुखीलाई लाख सहयोग
पाेखरा | साउन १३, २०७९
पोखराः पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई सरिता तुलाचनले १ लाख रुपैयाँ सहयोग गरेकी छिन् ।
क्याम्पसले हाल नयाँबजार शान्तिवनमा नयाँ शैक्षिक भवन निर्माण गरिरहेको छ । सोही भवनमा आवश्यक पूर्वाधार थप गर्न थोरै भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेको तुलाचानले बताएकी छिन् ।
तुलाचनले उक्त रकम स्वर्गीय ससुरा बुवा एवं पति वसन्तलाल हिराचनको स्मृतिमा प्रदान गरेकी हुन् ।
सहयोग रकम ग्रहण गर्दै क्याम्पस परिवार एवं सञ्चालक समितिले आभार व्यक्त गरेको छ । क्याम्पस परिवारले भनेको छ, ‘सहयोगी सरिता एवं परिवारलई सुस्वाथ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।’
क्याम्पसमा बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा स्नातकतहको अध्यापन हुँदै आएको छ । क्याम्पस भवन सञ्चालनमा आउनेबित्तकै अन्य संकाय थपिने क्याम्पसले जनाएको छ ।
‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसमा हाल ४ सय हाराहारीमा विद्यार्थी छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

